Section 5
केन्द्रको उद्देश्य

ः केन्द्रको उद्देश्य देहायबमोजिम हुनेछ ः–
(क) हृदयरोगको रोकथाम, निदान र उपचार तथा हृदयरोगीको पुनस्र्थापनाको
लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रूपमा प्रदान गरी
निजहरुलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउने,

(ख) हृदयरोगको उपचारको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार गर्ने तथा
हृदयरोग सम्बन्धी उच्चस्तरीय अध्ययन अनुसन्धान गर्ने वा गराउने,
(ग) हृदयरोग निवारण तथा नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने,
(घ) मुलुकको स्वास्थ्य सेवाको क्षेत्रमा सुधार ल्याउन हृदयरोग सम्बन्धी नीति तथा
कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न नेपाल सरकारलाई परामर्श दिने,
(ङ) हृदयरोग निवारण सम्बन्धी अन्य रचनात्मक कार्य गर्ने ।